सिट बाँडफाँटकाे प्रस्ताव ल्याउने जिम्मा संयोजक सिटौला

सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटकाे प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो । कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *