नेकपा एमाले बाँकेले संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर एक दिने प्रशिक्षण कार्यक्रम गर्ने लागेको छ । एमालेको प्रदेश कमिटीको यही २० र २१ गते बसको प्रदेश कमिटीको निर्णय अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यस प्रकारको प्रशिक्षण कार्यक्रम गर्न सबै जिल्ला कमिटीलाई सर्कुलर जारी गरेको हो ।
बाँकेको खजुरा गाउँपालिकाको मिनिपार्कमा विहान १० बजे देखि प्रशिक्षण कार्यक्रम संचालन हुने अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनु भयो । केन्द्रीय कमिटीका सदस्य देखि पालिका कमिटीका पदाधिकारी सम्मका अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागिता रहने छ । प्रशिक्षणका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिब छविलाल विश्वकर्मा, केन्द्रीय संगठन विभागका सदस्य लगायतका नेताले पार्टीको राजनीतिक एजेण्डा, महाधिवेसनले पारित नीति तथा कार्यक्रम, मसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिने अध्यक्ष कक्षपतिले जानकारी दिनु भयो ।