निवर्तमान सांसद यादव एमालेमा प्रवेस


बाँके निर्वाचन क्षेत्र २(ख) बाट २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचन निवर्तमान सांसद विजय यादव नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
नेकपा एमाले बाँकेले आज खजरा आयोजना गरेको अगुवा कार्यतार्ता प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले यादवलाई प्रवेश गराउनु भएको थियो । यादवलाई नेकपा एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा पनि उहाँलाई माला लगाएर स्वागत गर्नुभएको थियो ।
यश भन्दा पहिले बैशाखमा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा उहाँ धर्मपत्नी नेकपा एमालेकाे तर्फबाट डुडुवा गाउँपालिकामा अध्यक्षकाे उम्मेदवार बन्नु भएको थियोे । उहाँ सहित जसपा जिल्ला कमिटी सदस्य र अन्य नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *