नेपाली कांग्रेसले दल दर्ता गर्याे

सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिनुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्ण पौडेललगायत नेताहरु आयोगमा पुग्नुभएको थियो ।