सल्यानकाे घुइँयाबारीबाट पाटे बाघ नियन्त्रण

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर–७ घुइँयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए।

कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका दुई वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाघले गोरु मारेको सूचना पाएपछि घटनास्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघलाई नियन्त्रणमा लिएको जनाइएको छ।यसअघि आइतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षीय राम बहादुर चन्द, ६७ वर्षीय कवि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो। आइतबार घटना भएको ठाउँभन्दा करिब दुई किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए।उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ। यसअघि आइतबार दुई जनाको ज्यान लिएको बाघ यहि हुनसक्ने अनुमान गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *