स्वास्थ्यकर्मीको नाच्दै नचाउदै तीज मिलन कार्यक्रम

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला समिति बाँकेले आज नेपालगन्जमा भव्य रुपमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलाका लागि आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आथित्यमा भएको थियो ।
तीज जस्तो मौलिक र नेपाली महिलाको अधिकारका पैरवी गर्न पाउने पर्व तीज पर्व भएकोले यसका सकारात्मक पक्षलाई संरक्षण गर्दै यसलाई महिला अधिकारको हितमा जर्गेना गर्नुपर्ने केन्द्रीय सदस्य वलीको भनाइ थियो । नेपालकै प्रसिद्ध लोक गायक र महिलाका पक्षमा तीज गीत गायक वलीले नेपाली मौलिक परम्राको संरक्षण गर्नु सबै पेशा व्यवसायको कर्तव्य भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, स्वास्थ्यकर्मी संघका केन्द्रीय सल्लाकार परिषद्का अध्यक्ष राम बहादुर चन्द, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सदस्य जिल्लाका कार्यसमिति सदस्य लगायत विभिन्न तहमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको कार्यक्रममा सहभागिता रहेको थियो । प्रमुख अथिती वलीले सहभागिलाई गीत गाएर नाचगानका सार्थ तीजको दर काम कार्यक्रम समेत रहेको अध्यक्ष राजन शाहीले जानकारी दिनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *