गुल्मेली समाज बाँकेको अध्यक्ष न्यौपाने निर्वाचित


गुल्मी जिल्लामा जन्मथालो र घर भएर विभिन्न पेशा व्यवसाय तथा जागिरको सिलशिलामा बाँके जिल्लामा आएर अस्थायी र स्थायी रुपमा बसोवास गरेकाहरु गुल्मेलीले सेवा समाज बाँकेकाे आज नेपालगन्जमा समाजको पाँचौ अधिवेसन र तीज मिलन कार्यक्रम गरेका छन् ।
बाँके जिल्लामा बसोबास गर्ने गुल्मेलीको हकहित तथा भाइचाराका लागि स्थापना गरिएको गुल्मेली समाजका अधिवेसनबाट हरीलाल न्यौपाने अध्यक्ष, भिम कडेलउपाध्यक्ष, हिमलाल पौडेल सचिव, प्रदीप सापकोटा कोषाध्यक्ष सहित १३ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचि भएको जानकारी भाष्कर पाफ्ले जानकारी दिनु भयो । गुल्मेली समाजले बाँके जिल्लामा बसोवास गर्ने महिला दिदीबहिनीका लागि आजै तीजको दर खाने कार्यक्रम समेत सम्पन्न गरेको काफ्ले जानकारी दिनुभयो ।