अध्यक्ष ओली गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगे

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे ।शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *