बैजनाथ गाउँपालिका वडा न ८ बाट गोहीलाई उद्धार

बाँकेकाे बैजनाथ गाउँपालिका वडा न ८ बाट गोहीलाई उद्धार गरिएको छ । बैजनाथ ८ चौफेरीस्थित स्थानीय देबजङ शाहको घरबाट गोहीलाई उद्धार गरिएको हो । गोही स्थानीय मान खोलाबाट आएको अनुमान गरिएको छ । जिल्ला बन कार्यालयको टोलीले उक्त गोहीलाई नियन्त्रणमा लिएको बैजनाथ ८ का वडा सदस्य धिरेन्द्र सिह ठकुरीले जानकारी दिए । स्थानीय मान खोलामा पानीको सतह बढ्ना साथ यस्ता गोही बैजनाथ गाउँपालिकाका विभिन्न स्थानमा आउने गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *