जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डाँगी


बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सिंहराज डाँगीले आज आफ्नो पद वहाली गर्नु भएको छ । उहाँ संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न जानकी गाउँपालिकामा सरुवा भएर आजै आउनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत डाँडीलाई गाउँपालिका अध्यक्ष छब्बन खाँ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना लगायत कार्यपालिका सदस्य र कर्मचारीले स्वागत गरेका थिए । यस भन्दा पहिले प्रमुख प्रशासकीय अधिकृत डाँगी बाँकेकै राप्तीसोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।