सञ्चारिका समूहकाे तीजकाे दर कार्यक्रम सम्पन्न

जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै नै कम भएको हुनाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञानको विषय पढाउनकालागी सुझाव दिनु भएको छ । मंगलबार नेपालगञ्जमा सञ्चारिका समूह बाँकेद्धारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रममा अधिकृत घिमिरेले यस्तो सुझाव दिनु भएको हो । उहाँले महिलाहरुलाई कही कतै प्रमुख पद दिएईएता पनि निर्णायक भूमिका पुरुषहरुको नै रहने उल्लेख गर्नु भयो ।

साथै उहाँले जिल्ला वन कार्यालय बाँकेले निशुुल्क रुपमा बोटविरुवा उपलब्ध गराईरहेको बताउँदै उब्जनी हुन नसक्ने जमिनमा वृक्षरोपणकालागी विरुवा लगेर रोप्न पनि आग्रह गर्नु भयो । कुनैपनि क्षेत्रमा महिलाहरु आर्थिक रुपमा सबल सक्षम हुनु पर्नेमा जोड दिंदै सहायक वन अधिकृत घिमिरेले वन तथा वातावरण संरक्षणकालागी सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भूमिका पनि अत्यन्तै महत्वपुर्ण भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले वन तथा वातावरणका विषयमा समाचार लेखनकालागी वन कार्यालयले महिला पत्रकारहरुलाई पनि समेटेर लैजान आग्रह गर्नु भएको थियो ।

बाँके सञ्चारिका अध्यक्ष रुपनी जिएमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अथितिहरुले सञ्चारिकाद्धारा आयोजित ‘वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रम’ केवल दर खानकालागी मात्र नभई वनका विषयमा महिला पत्रकारहरुलाई अझैं सक्रिय भएर समाचार संकलन गर्न ऊर्जा प्रदान गर्ने बताउनु भएको थियो ।

सुस्मा श्रेष्ठ, नेपालगन्ज