माओवादी केन्द्रमा (यश) पार्टी बिलय गराउने थाहा पाएर एमालेमा फर्किदै अध्यक्ष शाही

एमालेबाट बिद्रोह गरेको भन्दै पार्टी खोल्नुभएका माधवले एक बर्ष नपुग्दै नेकपा माओवादी केन्द्रमा बिलय गराउने भित्री योजना बनाएको तथ्य खुलेपछि सो पार्टी छाडने क्रम बढेको हो ।

यही क्रममा नेकपा एकीकृत समाजवादीका सुदुरपश्चिम प्रदेशका अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गर्नुभएको छ । अध्यक्ष शाहीले सामाजिक सञ्जालमार्फत सो पार्टी पत्यिाग गरेको घोषणा गर्नुभएको हो ।

माधवले माओवादीमा पार्टी बिलय गराउने र कांग्रेसको नीति र नेतृत्व स्वीकार गरेर मुलुकको कम्युनिष्ट आन्दोलन सकाउने भित्री योजना बनाएको जानकारी पाएपछि शाही यो निश्कर्षमा पुग्नुभएको हो ।

शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको बताउनु भएको छ । २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे ।

गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ, शाहीले लेख्नुभएको छ ।

शाहीको भनाई जस्ताको तस्तै

२०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो ।

त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।साभार:janatatimes

Leave a Reply

Your email address will not be published. Required fields are marked *