नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनाव हार्नै नमिल्ने बटमलाइन सुनाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने पनि ओलीको भनाई छ ।
‘एमाले विजयको यात्रामा लम्किनुपर्छ । यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले समृद्ध नेपाल ः सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पार्दै थप्नुभयो, ‘जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ ।’
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ ।