कमैया महिला जागरण समाज नेपालको १२ औं साधारण सभा आज बर्दियाको गुलरियामा भव्य रुपमा सम्पन्न भएको छ । साधारण सभामा एक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै आगमी दिनु अपनाउनु पर्ने कार्यक्रमका विषयमा गहन छलफल गरी सम्पन्न भएको अध्यक्ष विरुनी थारुले जानकारी दिनु भयो ।
समाजको १२ औं साधारण सभालाई सम्बोधन गर्दै बर्दिया जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर बिष्टले मुक्त कमैया सहित कमैया महिलाका समस्यामा आफुले जुनसुकै समय पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले मुक्त कमैया र कमैया महिला पहिला आफु संगठित भएर आफ्ना आवाज एकै स्वरमा सरोकारवालासँग भन्नु पर्ने बताउनु भयो ।
साधारण सभामा कमैया महिला जागरण समाजकी संस्थापक केन्द्रीय सदस्य एवम् राप्ती गाउँपालिका दाङ्गकी उपाध्यक्ष कमलापति चौधरीले आफ्नो पालिकामा मुक्त कमैया र कमैया महिला सहित हिजोका दासता जीवन विताएकाको अधिकार सुनिश्चतका लागि आफु विजय भएको र सवालमा अडिक रहेर काम गर्ने बताउनु भयो । उहाँले पदमा जानसाथ आफ्नो सवाल नविर्सिने बताउनु भयो । उहाँ विगत २२ वर्ष देखि मुक्त कमैया र उनीहरुको अधिकारका लागि पैरवी गर्दै आउनु भएको थियो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ९ मा वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष विरबहादुर थारुले आफ्नो वडा ९९ सय प्रतिशत मुक्त कमैया उनीहरुसँग जोडिएका परिवार भएकोले विषेश प्रकारको प्याकेजको कार्यक्रम संचालन गर्नका लागि वडा र गाउँपालिले पनि सोही अनुसारको नीति अबलम्बन गरेको बताउनु भयो । उहाँ यस भन्दा पहिले मुक्त कमैया युवा सञ्जालको केन्द्रीय अध्यक्ष पदमा रहेर काम गरि सक्नु भएको छ ।
कमैया महिलाले आफ्ना पहिचानका लागि परिचयपत्र लगाएतका प्रमुख ५ वडा मुख्य सवाल सहित १२ वर्ष पहिले पाँच जिल्लाका कमैया महिलाको अगुवाइमा संस्था दर्ता गरिएको थियो । साधारण सभाको बन्दशत्रमा बार्षि नीति कार्यक्रम पारित गरिएको थियो । उदघाटन सत्रमा पाँचै जिल्ला बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुरका कमैया महिलाको प्रतिनिधिको सहभागिता रहेको थियो ।
उदघाटन सत्रमा मुक्त कमैया र कमैया महिलाको प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको लेखा तथा प्रशासन प्रमुख चन्द्रप्रकाश चौधरी जानकारी दिनु भयो ।