भोली बस्ने राष्ट्रियसभा बैठकमा यस्ता छन् कार्यसूची

राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही विधेयकहरुमाथि छलफल संसद सचिवालयले जनाएको छ ।