नागरिकता विधेयक राष्ट्रिय सभाले समितिमा पठायाे

प्रतिनिधि सभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाले समितिमा पठाएको छ।

राष्ट्रिय सभाले आज विधयान व्यवस्थापन समितिमा नागरिकता विधेयक पठाएको हो।

आजै बसेको राष्ट्रिय सभा बैठकमा सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिले पठाएको नागरिकतासम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते अपरान्ह ३ बजे बस्ने गरी स्थगित भएको छ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुन: संसदमै फिर्ता पठाउनु भएको हाे

गत भदौ २ मा नागरिकता विधेयक हुबहु पुन: पारित भएको थियो।

उक्त विधेयक राष्ट्रिय सभाले भने समितिमा पठाएर छलफल गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *