सुदूरपश्चिम प्रदेशका सांसद लामा एमालेमै फर्किदै

सुदूरपश्चिम प्रदेशका सांसद तारा लामा तामाङले आफू नेकपा एमालेमै फर्किने घोषणा गरेका छन्। सोमवार प्रदेश सभाको बैठकमा विशेष समय माग गर्दै उनले नेकपा एकीकृत समाजवादी छोडेर एमालेमै फर्किने घोषणा गर्नु भएकाे हाे । माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी खोलेपछि उहाँ उक्त पार्टीमा लाग्नु भएकाे थियाे । समाजवादी पार्टीबाट उहाँ आर्थिक मामिला तथा योजना मन्त्री पनि बन्नु भएकाे थियाे।

प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएपछि उहाँलाई मन्त्रीबाट हटाइएको थियो। मन्त्रीबाट हटाएपछि उहाँ असन्तुष्ट हुनु हुन्थ्याे। तामाङले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै पुन: एमालेमा जान निर्णय गरेको बताउनु भएकाे हाे ।उहाँले आगामी दिनमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिनु भयाे । ‘यो गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन, मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म अबदेखि सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु,’ उहाँले ससंदमा भन्नु भयाे । केही दिनअघि समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष बिक्रमबहादुर शाहीले पनि पार्टी परित्यागको घोषणा गर्नु भएकाे थियाे । उहाँ पनि एमालेमा फर्कीनु भएकाे  छ। उहाँलाई पुन: एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली भदौ १५ गते कञ्चनपुरमा आउने कार्यक्रम रहेको बताइएको छ।