दाङमा चट्याङ लागेर दुई को मृत्यु , १२ जना घाइते

 

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनु भयो । उहाँकाे अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्।घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताउनु भयो ।मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन ।

घटनाबारे आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उहाँको भनाइ छ।आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताउनु भयो ।

उहाँको अनुसार घटना स्थलमा पुग्न ४ घण्टा पैदल हिड्नु पर्छ। अबको २ घण्टापछि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै सबै कुरा थाहा हुने उहाँको भनाइ छ।