राष्ट्रपति भण्डारीलाइ भेट्न प्रचण्ड सहितका नेता शितल निवास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्दै हुनुहुन्छ । माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा बोलाउनुभएको हो । नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता गरेपछि राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गर्नुभएको थियो । साढे २ बजेका लागि राष्ट्रपतिको निम्तो आएको छ’, माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न डाक्नुभएको हुनसक्छ।