पूर्वमन्त्री, सांसद र विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश

नेकपा एस, नेपाली काँग्रेस र माओवादी पार्टी परित्याग गरी  दुई हजार भन्दा बढी नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री नेकपा एसका कुलवीर चौधरी, नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर बलायर लगायतका प्रदेश र जिल्ला कमिटीका सदस्यहरू एमालेमा प्रवेश गर्नुभएकाे थियाे

तस्वीरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *