आगलागिका कारण एक जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बाँके प्रहरीका अनुसार आइतबार बिहान करिव ५ः४०को समयमा नेपालगञ्ज–५ रामनगरमा रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको सो चुराको गोदाममा एक्कासी आगलागी भएको थियो । सो घटनामा परेर घाइते भएका अन्सरीको भेरी अस्पतालमा उपचार भई रहेको र उनी खतरा मुक्त रहेको जनाईएको छ ।
बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सो घटनामा परेर अन्सारीकै साला पर्ने बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षिय समिर वलीको मृत्यु भएको जानकारी दिए ।आगलागिको घटनामा परेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । मृतक वली शनिबार भेटघाटको क्रममा सो गोदाममा आएको बुझिएको छ ।आगलागि भएको घरमा ठूलो विष्फोट समेत भएको छ ।
विष्फोटको कारण घरमा समेत क्षति भएको छ । भने के कारणले विष्फोट भयो भन्ने कारण समेत खुल्न सकेको छैन ।बिहान ५ः४० मा लागेको आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपालगञ्ज उपमहानगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।