एमाले उम्मेदवार भिम वलीका भाईमाथी अज्ञात समूहबाट आक्रमण

बाँके क्षेत्र नं. ३ (ख)मा नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार भिम वलीका सहोदर भाइ मुम बहादुर वलीमाथि आज राती अज्ञात समूहबाट आक्रमण भएको छ । आक्रमणबा टाउकोमा धेरै गहिरो चोट लागेको छ । हिजो राती १२ बजेको समूहमा आएका अज्ञात व्यक्तिहरुबाट घरमै आक्रमण भएको हो ।

खजुरा गाउँपालिका वडा नं. २ बलैगाउँमा राती करिब १२ बजे तिर समूहमा आएका युवाले घरामा सुतिरहेको भाइलाई बोलाएर घर अगाडी सडकमा खुकरी प्रहार गरी सक्त घाइते बनाएका छन् । को हुन किन आक्रमण भयो यस विषयमा हामीलाई थाहा भएन तर उनीहरुबाट सुनियोजित रुपमा भाइ माथि आक्रमण भयो हामी दुखित छौ उम्मेदवार वलीले जानकारी दिनु भयो ।

राती सुतिरहेको अवस्थामा होहल्ला गरी भाइमाथीको आक्रमणले हामीलाई त्रसित बनाएको छ । म आफै घरमा थिए । परिवारका सबै सदस्य घरमै थियौ । यसरी आक्रमण हुँदा हामी त्रसित भएका छौं तर आम नागरिकलाई सचेत रहन अनुरोध गर्दछु । घटना लगत्तै स्थानीय धनौली इलाका प्रहरी कार्यालयलाई खबर गरी भाइलाई आक्रमण गर्नेले प्रयोग गरेको खुकुरी र स्कुटर ना ६२ प ६७७४ घटना स्थलमै छोडेको कारण प्रहरीले आफ्नो नियन्त्रणमा लगेको उम्मेदवार वलीले जानकारी दिनु भयो ।

घाइते वलीका माइलो दाई प्रदेश सभाका उम्मेदवार भिम वली हुनु हुन्छ भने ठूलो दाइ धनिराम वली खजुरा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हुनु हुन्छ । घाइते वलीलाई राती स्थानीय क्लिनिकमा उपचार गरी खुकुरी प्रहारबाट काटिएको टाउकोमा टाँका लगाइएको र अहिले नेपालगन्जमा उपचार गर्न लगिएको उम्मेदवार वलीले जानकारी दिनु भयो । हामीले स्थानीय प्रशासनलाई सत्य तथ्य के हो त्यसको तत्काल पत्तालगाउन र संभावित अझै हुन सक्ने खतराबाट सुरक्षित गर्न जानकारी गराएको उम्मेदवार वली बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *