आज भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयोग गठन गरेको हो । भ्रष्टाचारविरूद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अंगिकार गरिएको छ ।
सन् २००३ मा संयुक्त राष्ट्र संघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।
दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताउनुभयो ।
नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।