लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न ु भएको हाे । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्नु भएको हाे । नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएकाछन । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत लिनु भएको हाे।
मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गरेका छन् । नेकपा माओवादी संसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछी उपस्थित भएनन् । सभामुख तुलाराम घर्ती पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे । सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती घिमिरेले विश्वासकाे मत भने मुख्यमन्त्र गिरीलाइ दिएकि छन । मख्यमन्त्रीको विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।