महाशिवरात्रि पर्वको अवसरमा गौशलास्थित पशुपत क्षेत्रमा शनिबार यातायत प्रभावि हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखिनै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने जानकारी दिएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।
त्यसैगरी, मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध गर्नुभएको छ ।
सवारीमार्ग निर्धारण
बस तथा माईक्रोबसहरू :
– रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।
– रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने ।
– कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगञ्जको बाटो चलाउने ।
माइक्रोबस तथा टेम्पोहरू :
– सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।
– जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।
मालवाहक सवारी साधनहरू
– जोरपाटी, बौद्ध, चावहिल हुदैं महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगंज तर्फ जानु पर्ने ।
– कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।
– कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।
– महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्ग व्यवस्थापन :
१. तीलगंगा आंखा अस्पताल अगाडी : तीर्थयात्री, दर्शनार्थी र पर्यटक ९विदेशी० हरूका सवारी साधनहरु ।
२. देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल : पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।
३. सिफल चौर : पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।
४. गुह्येश्वरी पारी : गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू ।
५. वनकाली क्षेत्र : महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु