नेकपा (एमाले) का केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले बलियो संगठन विना सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन असंम्भव हुने बताउनु भएको छ ।
एमालेले संचालन गरेको मिसन ग्रासरूट अभियान अन्तरगत आज बाँकेको डुडुवा गाउँपालिका स्तरीय जनवर्गीय संगठनकाे भेलालाई संबाेधन गर्दै साे कुरा बताउनु भएको हाे । नेता ज्ञवालीले एकल आवाजकाे स्वर सत्ता पक्षले नसुन्ने परिपाटीको विकास र विस्तार भएको सन्दर्भमा उहाँले हरेक नागरिक आफ्ना सवालको समाधानका लागि विचार मिल्नेहरूकाे संयुक्त पहल हुनु पर्ने बताउनु भयाे । डुडुवाबासीकाे जीवनस्तरमा अपेक्षाकृतरूपमा राजनीतिक परिवर्तनको सकारात्मक प्रभाव नपरेकाले अब यहाँका नागरिक सशक्त रूपमा समस्या समाधानका लागि जुट्नै पर्ने र समस्या समाधानका लागि राजनीति अगुवाइ आफ्नो पार्टीले गर्ने नेता ज्ञवालीले बताउनु भयाे ।
नेकपा (एमाले) ले दुई महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान संचालन गरेको छ । अभियानको सहजीकरण तथा संयाेजन गर्ने जिम्मेवारमा रहनु भएका ज्ञवालीले अब एमाले निर्वाचनमा जित हार जेजस्तो परिणाम भाेग्नु परेपनि जनतासँगै जनताको सवालमा एक्यवद्धता र सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री तथा एमाले नेता विजयबहादुर यादवले एमाले नीति, विधि र सिद्धान्तनिष्ठ पार्टी भएकोले २०८४काे निर्वाचनमा अब डुडुवावासी एमालेकाे विकल्प नखाेज्ने बताउनुभयो । कार्यक्रम एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य मनाेज वर्मा, गाेपाल गिरीले मन्तव्य व्यक्त गर्नु भएको थियो । जिल्ला उपाध्यक्ष डिल्ली बि.सी. सदस्यहरू सुजिता वर्मा, माेहन मिश्रा लगायतले मिसन ग्रासरूट अभियान र याे अभियानको अपेक्षाकृता उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो । भाेलाले युवासंघ, लाेमस, मुस्लिम इत्तेहात संगठन अनेमसंघ लगायतका पालिका स्तरीय कमिटीको गठन र पूर्नगठन गरेको गाउँपालिका अध्यक्ष विनय त्रिपाठीले जानकारी गराउनु भयो ।