प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

फाइल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताएका हुन् । ‘अहिलेसम्म त्यस्तै – त्यस्तै छ । विभिन्न समसामयिकविषयमा कुराकानी भयो,’ उनले भने ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलगायतका नेताहरुसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरुका बीचमा कुराकानी भएको बताए । छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरुसमक्ष गर्नुभएको उनको भनाइ छ ।

‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढंगले नै भयो तर पनि निष्कर्ष केही भएको छैन । त्यही ढंगले छलफल गर्‍यौँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफलकेन्द्रित थियो । त्यस विषयमा छलफल चाहीँ भयो निष्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो,’ गिरीले भने । प्रमुख सचेतक गिरीले दुई नेताहरुका बीचमा कुनै पनि समझदारी बन्न नसकेको स्पष्ट पारे

x