प्युठानकमा आगोले २० घरगोठ जलेर नष्ट

प्युठानको स्वर्गद्वारी नगरपालिका –२ धनवाङमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्।आज राति स्थानीय प्रगतिशील सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर नष्ट हुनुका साथै दुई जना व्यक्ति घाइते भएको वडा अध्यक्ष बुद्धिराम पुनले जानकारी दिनुभयो ।

आगोलागि हुँदा घरमै सुतिरहेका स्थानीयवासी ७६ वर्षीय दूरबहादुर कामी र ६३ वर्षीय पिमा परियार घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट घर तथा गोठ जलेर ठुलो क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। यस्तै, ठुलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ ।सुरक्षाकर्मीसहितको सरकारी अधिकारीको टोली घटनास्थल पुगेर उद्धारको काम गरेको छ भने जिल्लास्तरबाट राहत पुर्‍याउने तयारी समेत भइरहेको छ।