नेपालगन्ज उप-महानगरपालिका र काेहलपुर नगरपालिकाले बिहिवारदेखि नगरका भित्रका सम्पुर्ण बिद्यालयहरुमा बिहानी कक्षा संचालन गर्न सूचना जारी गरेको छन। बिद्यालयहमा विहानी कक्षा सञ्चालन हुने गरि पठनपाठन सुचारु गर्ने भएको हो ।
विहान ६:१५ बजेदेखि ११ बजेसम्म कक्षाहरु सञ्चालन गर्नका लागि शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना मार्फत जानकारी गराएको छ । नेपालगन्ज र काेहलपुरमा अत्याधिक गर्मीका कारण पठनपाठनमा कठिनाई भएकाले गत जेठ २१ गतेदेखि ३१ गतेसम्म गर्मी विदा दिइएको थियो ।