सामूहिकहित र प्रत्यक्ष फाइदा हुने कार्य गर्नेछाैंः वडाअध्यक्ष बर्मा

जानकी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले आगमी वर्षको विकासको प्रमुख प्राथमिकता सामुयिकहित र प्रत्यक्ष फाइदा हुने कार्यहरु पर्ने बताउनु भएको छ । उहाँले आफनो वडामा १३ वटा टोल भएपनि सबै वडाबासीको हितका लागि काम गर्ने बताउनु भयो । सो कुरा उहाँले रेडियो हातेमालोसँगको कुराकानीमा बताउनु भएको हो । उहाँका अनुसार बाटो मात्रै विकास नभएर सिंचाइ अझै बसै भन्दा बढी विकास गर्नु पर्ने प्राथमिकताको क्षेत्र भएको बताउनु भयो ।

सबै वडाबासी खेतीपातिमै आत्मनिर्भर हुने भएकोले यसका लागि सिंचाइको धेरै खाँचो भएको बताउनु भएको छ । उहाँले एकवर्षको कार्यकालमा बाटोका लागि अति आवश्यक रहेको केही टोलमा लगानी गरिएको भएपनि अब प्रत्यक्ष रुपमा विकासलाई फाइदा हुने खेतीको विकास र सोका लागि सिंचाइको खाँचो रहेको बताउनु भयो । शिक्षाको विकासका लागि जति लगानी भएको छ सो अनुसारको फाइदा पनि हुँदै गएको बताउनु भयो । उहाँले विगतमा जस्तो छोरीलाई शिक्षा आर्जन नगराउने र सानै उमेरमा विवाह गराउने चलनको अन्त्य हुँदै गएको समेत बताउनु भयो । हाल सबै विद्यालय उमेरका बालबालिका पढन जाने बताउनु भयो । यसका लागि सबै शिक्षक कर्मचारी र जनप्रतिनिधिको समेत योगदान रहेको बताउनु भयो ।


वडा अध्यक्ष वर्माका अनुसार वडाको विकास गर्नका लागि आगमी दिनमा जनसहभागितालाई सबै भन्दा बढी प्राथमिकता दिनु पर्ने बताउनु भयो । यसका लागि हाल सबै पक्षको सहयोग र साथ समेत रहेको बताउनु भयो । अब परिवर्तनका लागि सबै भन्दा पहिला नागरिकसँग आर्थिक स्रोत हुनु पर्ने सोका लागि सोही बमोजिमको योजना पनि हुनु पर्ने बताउनु भयो । वडा अध्यक्ष वर्माले विकासका लागि बाख्रा सहयोग, फुसका छाना अन्त्य गर्ने अभियानले नागरिक खुसी भएको बताउनु भयो । यस बर्ष बजेटले पुगेसम्म सबै वस्तीमा सामुदायिक प्रयोग र व्यवस्थापन गर्ने गरी १३ वटै वस्तीमा सामुदायिक भवन बनाउने योजना रहेको समेत बताउनु भयो ।

वडा अध्यक्ष वर्माका अनुसार आफुले काम गर्दा कुनै दल वा राजनीतिक विचार भन्दा पनि आफुले वडाबासीका आधारमा कसैलाई विभेद नगरेर काम गरेको बताउनु भयो । सिमित आन्तरिक स्रोत र प्रदेश र केन्द्रले यस वर्ष गाउँपालिकाकै बजेटमा २० प्रतिशत कटौती गरेको कारण बनाएका योजनामा काम गर्न मुस्किल भएको बताउनु भयो । निर्वाचन हुनु भन्दा पहिला तेरो मेरो दल हुन्छ निर्वाचन पश्चात सबै वडाबासीको काम गर्नु हामी जनप्रतिनिधिको कर्तव्य भएको समेत बताउनु भएको छ ।