कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु

सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जिप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदी खसेको हो ।

प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जिप दुर्घटना हुँदा शान्तिपुर–२ धनुषा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताउनुभयो । कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।