लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि बुधबारबाट संसदमा छलफल हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेशसभाको १२ औँ बैठक आह्वान गरिएको छ। यसअघि असार १० गतेबाट बजेटमाथि छलफल गर्नेगरी बैठक आह्वान गरिए पनि अन्तिममा स्थगित गरिएको थियाे।
बजेटकाे विषयमा सत्तापक्षीय सांसदहरूले पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन्।आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०।०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ भइ छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ।
असार १ गते प्रदेशमा ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट आएको थियाे।