एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपाल सेमिफाइनलमा पुग्याे

एसीसी यू–१६ इस्टर्न जोन कप क्रिकेटमा नेपालले थाइल्याण्डलाई २२५ रनले पराजित गरेको छ। मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो।

२७० रनको लक्ष्यका मैदानमा उत्रेको थाइल्याण्डले १३ ओभरमा ४४ रनमा अलआउट भएको हो।नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनलमा पुगेको छ भने थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।