प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उहाँको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।