डुडुवाका सामुदायिक विद्यालय साउन २४ गतेसम्म विदा

डुडुवा गाउँपालिकाको निर्माणाधिन भवन नक्शा

बाँकेकाे  डुडुवा गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा असार ३१ देखि साउन २४ गतेसम्म पठन पाठन नहुने भएकाे छ । गाउँपालिकाकाे शिक्षाा तथा खेलकुद शाखाले अाज प्रकाशित गरेकाे सूचना साे कुराकाे जानकारी गराएकाे छ ।  कार्यालयका अनुसार आइतबारदेखी पालिकाको शैक्षिक क्यालेन्डर अनुसार विद्यालयमा बर्खे विदा दिने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाले एउटा सूचना जारी गरी बर्खे विदा बारेमा जानकारी गराएको हो । विदाका बेला विद्यालयका प्रशासनिक कार्य भने सञ्चालन हुने जनाएको छ ।