सरकारले चालू आर्थिक वर्षदेखि आयकरको सबैभन्दा माथिल्लो स्ल्याबमा परिवर्तन गरी वार्षिक ५० लाखभन्दा धेरै आय गर्ने व्यक्तिगत करदाताले ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ । यो कर पनि साउनदेखि नै लागू हुनेछ ।
यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो ।
सरकारले ५० लाखभन्दा बढी वार्षिक आय (मासिक ४ लाख १६ हजार तलब) हुने व्यक्तिलाई आयकरको सरचार्जलाई ३० प्रतिशत पुर्याएको छ । त्यसअनुसार अब ५० लाखमाथिको आयमा ३९ प्रतिशत आयकर लाग्ने भएको छ । नेपालमा लाग्ने यो आयकर दक्षिण एसियामै धेरै हो ।
यसका अतिरिक्त विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लिने शिक्षा सेवा शुल्कको दर पनि बढाइएको छ । यसअघि त्यस्तो शुल्क २ प्रतिशत लाग्दै आएकामा चालू आर्थिक वर्षदेखि ३ प्रतिशत पुर्याइएको छ