निर्वाचन पर्यवेक्षकका रुपमा कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु भएको छ।
त्यसअघि अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच आज कम्बोडियामा भेटवार्ता गर्नाका साथै प्रधानमन्त्री सेनले गरेको २२ जना वरिष्ठ राजनीतिज्ञसँगको भेटमा पनि सम्बोधन गर्नु भएको छ
यसैगरी, आज साँझ ओलीले त्यहाँका उपप्रधानमन्त्री तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीद्वारा आयोजित स्वागत भोजमा सहभागिता जनाउनु भएको छ।
अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि गत असार २ गते राति कम्बोडिया जानू भएको हाे । उहाँ साउन ८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
क्याम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि संसारभरका ६५ देशका राजनीतिका दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसका अलावा १०० भन्दा बढी अन्तर्राष्टिय सञ्चार माध्यमहरू पनि सहभागी छन् ।