एमाले लुम्बिनीको अधिवेशन भदौ १६ र १७ गते हुने

नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति ताेकेकाे छ।  बागमती प्रदेशले असाेज ८-९ गते अधिवेशन गर्ने भएको छ।

काेशी प्रदेशले असाेज १२-१३  अधिवेशन गरदैछ भने मधेश प्रदेशले असोज ५-६ मा अधिवेशन गर्दैछ । यसैगरी लुम्बिनी प्रदेशले १६-१७ भदौ, कर्णाली प्रदेशले २९-३० भदौमा  र सुदूरपश्चिम प्रदेशले २२-२३ भदौमा अधिवेशनको मिति तोकेका छन्।

गण्डकी प्रदेशको भने बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी रहेकाे डा. भिष्म अधिकारी  जानकारी दिनुभयाे।

अधिवेशनको मिति प्रथम अहिले कायम रहेको प्रदेश संगठन कमिटीले तोकेको हो। अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछन्। प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी गरिएकाे एमालेले जनाएकाे छ ।

प्रतिनिधि प्रक्रियाको चयन साउन १५ मा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुने कार्यालय सचिव अधिकारीले बताउ नु भयो । पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ र प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुने उनले बताए ।