कैलाली जिल्ला कारागारका एक कैदीकाे मृत्यु

फाइल तस्विर

कैलाली जिल्ला कारागारका कैदी बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको सोमबार बिहान मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत अवस्थामा उहाँको मृत्यु भएको हो ।

कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाका अनुसार क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि चार दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । आईसियुमा राखिएका विष्टको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । विष्ट चोरी मुद्दामा २०७५ साल चैत १२ गतेदेखि कैलाली कारागारमा सजाय काटिरहेनु भएकाे थियाे ।