प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।
डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।