एमाले मधेश प्रदेशको अधिवेशन आज सुरु हुँदै

नेकपा एमाले मधेश प्रदेशको अधिवेशन बुधबार शुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए। अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए।

कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनको भनाइ छ। अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *