प्रगतिशील प्राध्यापक संगठनकाे आज शुभकामना आदानप्रदान कार्यक्रम गर्दै


नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिले आज पर्वहरूकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीका अनुसार दशै, तिहार, छट, ल्हाेसारकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न लागिएको जानकारी दिनु भयो । उहाँका अनुसार संगठनले यसै अवसरमा सबै बाैद्धिक व्यक्तित्वले आपसी विचार मन्थन तथा सम्बन्ध विस्तारका लागि पनि सहयोगी हुने बताउनु भएको छ ।
संगठनले शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंकाे नेपाल कमर्स क्याम्पस मिनभवन गर्ने भएको छ । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, पूर्वपदाधिकारी, संगठनका अगुवाका साथै विश्वविद्यालयमा कार्यरत प्राध्यापन र प्रशासनीक व्यक्तित्वकाे सहभागीता हुने छ । कार्यक्रम दिउँसो २ बजेर ३० मिनेटमा सुभारम्भ हुनेछ ।