प्रगतिशील प्राध्यापक संगठनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिको आयोजनामा आज काठमाण्डौमा पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन वागमती प्रदेशको व्यवस्थापन रहेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी पूर्वपदाधिकारी र प्राज्ञिक व्यक्तित्वको सहभागिता रहेको थियो । यसका साथै प्राध्यापकको साझा संगनका पदाधिकारी र विभिन्न क्याम्पसका अध्यापनरत प्राध्यापकहरुको सहभागितामा सो कार्यक्रम भएको थियो ।

विजया दशमी, दिपावली, नेपाल संवत्, छट, ल्होसार लगायतका पर्वको अवसरमा कार्यक्रम गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर वेदराज केसीको अध्यक्षतामा भएको थियो ।

फोटो: तेजविक्रम बस्नेतको फेसबुकवालबाट