भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्ताव

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । भोलि शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।

आजै कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच यस्तो सहमति भएको हो  । भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्तावमा सहमति भएको एमाले सांसद रेवती भण्डारीले जानकारी दिए ।

छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेका थिए । तर एमाले र कार्की पक्षले आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान गरे पनि अन्ततः भोलिसम्म कुर्न उनीहरू सहमत भएर प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *