मनाङ एयरको हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान दुर्घटना भएको हो।

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

हेलिकप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको उनले बताए। दुर्घटनामा परी  पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *