कोशी प्रदेशमा सहमतिको सरकार बन्छ: मुख्यमन्त्री कार्की

कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सहमतिको सरकार बन्ने बताएका हुन् ।

कार्कीले आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, उनले भने ।

प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने पनि मुख्यमन्त्री कार्कीले बताए । उनले भौतिक विकास मात्र नभई मानवीय विकास पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *