उपप्रधानमन्त्री श्रेष्ठ सामान्य हिँडडुल गर्न सुरू

चीनको बेइजिङस्थित पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डको क्याबिनमा सारिएको छ । हिजोदेखि नै जनरल क्याबिनमा रहेका उनले चिकित्सकको सल्लाहअनुसार आज सामान्य हिँडडुल समेत गरेका छन् ।

सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन् ।

वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाबारे जानकारी लिँदै पेकिंग अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिए । बेइजिङबाहिर रहेका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुगेका थिए ।

चिनियाँ परराष्ट्रमन्त्रीले पनि फुलको गुच्छा पठाउँदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *