दोलखाको बिगु गाउँपालिका–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
वडा नम्बर १ लामा बगरको जगातबाट देउलाङतर्फ जाँदै गरेको वा १४ च ९३३४ नम्बरको बोलेरो राइबेटारमा दुर्घटना हुँदा स्थानीय २० वर्षीया बालमाई तामाङ र १८ वर्षींया चिनीमाया तामाङको मृत्यु भएको वडाध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी चालक एकराज तामाङ सहित चार जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी गए राती नै उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरीको टोली समेत पुगिसकेको छ ।
सडक टर्निङमा स्टेरिङ नकाटिएपछि करिब ६० मिटर तल सडकमा बोलेरो पुगेको वडाध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।