अध्यक्ष ओलीमाथी राजनीतिक रूपमा स्खलितले भ्रमकाे खेती छर्दै छन् : महासचिव पाेखरेल


नेकपा (एमाले) का महासचिव शंकर पाेखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी बैचारिक र राजनीतिक रूपमा स्खलितहरू भ्रमकाे खेती गरिएको बताउनु भएको छ ।

महासचिव पाेखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीलाई पहिले टेलिकमकाे जाउलाखेलमा रहेको भवनलाई ओली घर भन्दै माओवादीले भ्रम सिर्जना गर्ने गरेको र अहिले राजावादीले अध्यक्ष ओलीकाे कम्वाेडियाकाे टेलिकममा लगानी छ भनी जनतालाई भ्रमित बनाउने गम्भीर षड्यन्त्र गरिरहेकाे उल्लेख गर्नु भएको छ ।

नेपालकाे शुसासन र विकासमा सबैभन्दा याेग्य अध्यक्ष ओलीमाथीकाे प्रहार राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार भएको महासचिव पाेखरेलकाे धारणा छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा र दुर्गा प्रसाईं लगायतले अध्यक्ष ओलीको लगानी बिदेशी कम्पनी छ भन्ने विभिन्न धारणा व्यक्त भएपछि महासचिव पाेखरेलले यसकाे विरूद्धमा आफ्नाे विचार व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *