भुकम्प पीडितलाई रूपैडिहाका व्यापारीले सहयोग गर्नुपर्छ: नेता हारून


नेकपा (एमाले) केन्द्रीय सदस्य माेहमद हारून हलुवाइले छिमेकी देश भारतकाे सिमावर्ती बहराइच जिल्लाका व्यापारीलाई जाजरकोट र रूकुम जिल्लाका भुकम्प पीडितको राहत सहयोग गर्न अपील गर्नु भएको छ ।

केन्द्रीय सदस्य हलुवाइले आज आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सहयोग गर्नुपर्ने मानवीय कर्तव्य भएकोले बाँकेको स्थानीय प्रशासन मार्फत सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले रूपैडिहाका स्थानीय व्यापारीसँग जाजरकोट र रूकुम लगायतका जिल्लाका नागरिकसँगै सिधा व्यापारीक सम्बन्ध भइरहेकोले त्यसलाई राहत सहयोगमा पनि सम्बन्ध कायम राख्नुपर्ने बताउनु भएको छ ।

व्यापारीक सम्बन्ध मात्रै हैन नैतिक कर्तव्यमा समेत व्यापारीकाे जिम्मेवारी हुने भएकोले सहयोग गर्नुपर्ने बताउनु भएको छ । याे सहयोग मानवीय त्रासदी हाे, यसमा अवस्थामा सबैकाे सहयोग अनिवार्य छ भन्नुभएको छ । छिमेकी देश भारत सरकारकाे तर्फबाट आज मात्रै ११ टनकाे राहत सामग्री सहितको भारती वायुसेवाकाे विमान नेपालगन्जमा अवतरण भएको थियो । साे राहत सामग्री जाजरकोट र रूकुमका भुकम्प प्रभावितका लागि सहयोग हाे ।

सामाजिक सञ्जालमा स्टाटस